गाईघाट / प्रहरीले त्रियुगा नगरपालिका–३ मोतिगढाबाट पेस्तोल सहित ३ जनालाई बुधबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा ८ का २३ वर्षीय बबि चौधरी रहेका छन् ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरु बसेको घर खानतलासी गर्ने क्रममा एक थान पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो ।