काठमाडौँ/ अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ  बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग स्विट्जरल्यान्डको राजधानी जेनेभामा भेटवार्ता गरेका हुन्।

वार्ता तीन घण्टासम्म चलेको र आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बताएका छन् ।

OM Sai Pathibhara Hospital

उनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् 

टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्रणाली र रूसको स्वास्थ्य प्रणालीमा भएको साइबर आक्रमणप्रति इसारा गर्दै पुटिनले दुवै देशका लागि साइबर स्पेसअसाधारण रूपले महत्त्वपूर्ण भएको बताए 

रूसमा भएको आक्रमणबारे उनले भने, ‘मलाई लाग्दैन कि अमेरिकी प्रशासन यस कुरामा विशेष रूपले चासो राख्दछ । उ केवल आक्षेप मात्रै लगाइरहेको हुन्छ । हामीलाई विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ 

त्यसैगरी उनले आर्कटिक क्षेत्रमा रूसी सैन्यीकरणलाई लिएर अमेरिकाले देखाएको चिन्ता पनि निराधार भएको बताए । परमाणु स्थिरताका बारेमा बाइडेनसँगको वार्तामा चर्चा भएको र आगामी दिनमा न्यु स्टार्ट आर्म्स कन्ट्रोलसम्झौतामा परिवर्तन गर्ने कुरामा विचार गर्ने पनि पुटिनको भनाइ थियो 

रूसी राष्ट्रपति पुटिनले बाइडेन डोनाल्ड ट्रम्पभन्दा धेरै फरक भएको बताएका छन् उनी अनुभवी राजनेता भएको र आफूहरुले उस्तै भाषा प्रयोग गरेर बोलेको भन्दै प्रशंसा गरेका छन् कुराकानीमा उनले दुवै देशले निष्कासन गरेका कूटनीतिज्ञलाई फिर्ता बोलाउने सहमति भएको पनि जानकारी दिएका छन् सन् २०२० को अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै चलेको आरोप प्रत्यारोपपछि दुबैले राजदूत फिर्ता गरेका थिए ।