कैलाली / कैलालीमा छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बाबुलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएअनुसार गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बाबुले २७ गते आफ्नै भैँसी गोठमा लगी बलात्कार गरेको र पोल खुल्ने डरले झुण्ड्याइ हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

मृतकका बाबुविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।