काठमाडौं / मंगलबार रातिको बाढी र पहिरोमा मा परी छिमेकी मुलुक भारत र चिनका ६ जना सहित १९ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा ३ जना चिनियाँ  र तीनजना भारतीय सहित १४ जना नेपाली रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाढी र पहिरोमा परि एक चिनियाँसहित दुईजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासन कार्यालयले हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा वेपत्ता भएका छन् ।

त्यसैगरी त्रिपुरासुन्दरी–१ कै १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशमलाल सार्की, हेमराज घिमिरे, भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो पनि वाढी र पहिरोमा परी वेपत्ता भएको सो कार्यालयले जनाएको छ  ।

बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको जनाउँदै कार्यालयले वाढी तथा पहिरोका कारण ५ वटा झोलुङे पुल, ४ वटा पक्की पुल र ७ वटा ट्राउट माछा फर्म क्षतिग्रस्त भएको जानकारी गराएको छ ।