बिर्तामोड / मेचीनगर ५ इटाभट्टाका ४० बर्षीय भीमराज लिम्बुको बुधबार हत्या छ ।

बुधबार बेलुका साँढे ८ बजे इँटाभट्टा अधेरी टोलमा लिम्बुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको घाटीमा कपडाको ब्यान्डेज बाँधिएको र मुखबाट रगत बगेको पाईएपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरी अनुशन्धान अघि वढाइएको जनाएको छ । पक्राउ परेका सुकराजले आपसी झगडाको क्रममा भिमराजको मृत्यु भएको प्रहरीलाई बयान दिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राकेश थापाले हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा हत्या स्विकारेकाले थप छानविन अघि वढाइएको बताएका छन् ।