सिन्धुली / अविरल वर्षापछि नदीमा पानीको सतह वढेको बेला सिन्धुलीस्थित सुनकोशी नदीमा तीन जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव भेटिएको हो ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शव पहिचान हुन बाँकी रहेको बताएका छन् ।

भेटिएका शवको पहिचान हुन नसकेको र मृतक तिनै जनाको विषयमा अनुशन्धान थालिएको प्रहरीले बताएको छ ।