बिर्तामोड / झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजीमा अध्ययनरत छात्रा सेजल कोइरालाको रहस्यमय मृत्युका विषयमा अनुशन्धान गरीरहेको प्रहरीले भजाइनल स्वाव र डिएनए परिक्षण गर्ने भएको छ ।

कोइरालाको मृत्युको विषयमा सामाजिक संजाल र युट्युवरले अनेकौं प्रचार गर्न थालेपछि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन भजाइनल स्वाव र डिएनए परिक्षण गर्ने भएको हो । कोइरालाको पोष्टमार्टम रिर्पोटमा घाँटीको भित्रि भागमा चोटपटक देखिएकाले थप अनुसन्धानका लागि भजाइनल स्वाव र डिएनए परिक्षणको तयारी गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

कोइरालाको शंकास्पद मृत्युको विषयमा अनेकौं कुरा उठेपछि जिल्ला प्रहरी कार्यालय झापाले अनुशन्धान टोली नै बनाएर सो घटनाका विषयमा अनुशन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाले घटनाको वास्तविकता पत्ता लगाउन थप परिक्षणको तयारी भएको जनाएको छ । कोइरालाको बलात्कार पछि हत्या भएको सामाजिक संजाल प्रयोगकर्ता र युट्युबरहरुले दावी गर्न थालेपछि यो विषयको अनुसन्धानमा दवावमा परेको प्रहरीले स्वाव र डिएनए परिक्षण गर्ने भएको हो ।

घटनाका विषयमा अनुशन्धान गरिरहेको प्रहरीले मृतक कोइरालासँग सम्वन्ध देखिएका र मृतक कोइरालाको स्याम्पल लिएर परिक्षणका लागि विधी विज्ञान प्रयोगशाला पठाउने तयारी गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पोष्टमार्टम प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको अन्य केहि विषय पनि आएकाले एक जनालाई पक्राउ गरी छानविन अघि वढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी गराएका छन् ।

थापाले शकास्पद मृत्युको घटनमा जोडिएको देखिएकाले थप अनुसन्धानका लागि दमक रातोपुलका २८ वर्षीय अरुण राईलाई  पक्राउ गरिएको र अनुसन्धानका लागि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जानकारी गराएका छन् ।

कोइरालाको बलात्कार पछि  हत्या भएको गत असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । जाहेरीमा व्यक्ति समेत किटान गरिएकाले राईलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।  

ईलामको देउमाई ४ स्थायी ठेगाना भएकी १९ वर्षीया मृतक कोईराला दमक ५ का चन्द्रबहादुर गुरुङको घरमा बस्दै आएकी थिईन् । गुरुङकै घरको  शौचालयमा गत जेठ २६ गते बेलुका बेहोश अवस्थामा भेटिएको भन्दै अरुण र उनका साथीले उपचारका लागि भन्दै कोईरालालाई अस्पताल पुर्याएका थिए । अस्पताल लगे लगत्तै अस्पतालले कोईरालालाई मृत घोषणा गरेको थियो ।