मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका –८ मा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नबलपरासी गैडाकोट –९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका –८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापा रहेका छन् । 

OM Sai Pathibhara Hospital

मंगलबार बेलुका ८ बजे पुर्व– पश्चिम राजमार्गमा रोलरमा ठोकिएर घाईते भएका थापाको सोही दिनको बेलुका ९ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

पुर्वबाट आउदै गरेकोरोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय रुपक खड्का समेत घाईते भई धरानमा उपचार भईरहेको छ  । 

रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतम ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।