जनकपुर / प्रदेश २ सरकरले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेट प्रस्तुत गरेको छ ।

बजेटको चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्ति व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि उनले बताए ।

सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै मन्त्री यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको जनाए ।

यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए । त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।