विराटनगर / प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ।३२ अर्ब ४६ करोड ९२ लाख  बजेट बिनायोजन गरेको छ । 

प्रदेशसभा बैठकमा मंगलबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंकबहादुर आङबोहाङ्गले आगामी वर्षका लागि कूल बिनायोजिन मध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत  बजेट विनियोजन गरिएको बताए । पूर्जीगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख अतर्था ४६.३ प्रतिशित बिनायोजन गरिएको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश सरकारले स्थानिय तहमा वितिय हस्तान्तरण तर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा बितिय व्यवस्थापनतर्प ३ करोड उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि आगमी आर्थिक वर्षको लागि खर्च व्यवहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरीक राजस्वबाट  ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाडफाटबाट  ९ अर्ब ८१ करोड ६६ लाख,  संघबाट प्राप्त हुने बितिय  सामाजिककरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, शसर्तन अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख,  समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ६९ करोड ३३ लाख गरि राजस्व तथा बितिय हस्तान्तरणबाट जम्मा ३० अर्ब २० करोड ७९ लाख खर्च व्यवहर्ने छ । 

बाँकी अपुग रकम नगद मौज्जदाबाट  २ अर्ब तथा वैदेशिक अनुदानबाट  २६ करोड १३ लाख व्यवहरिने मन्त्री आङबोहाङ्गले जानकारी गराए ।