बिर्तामोड / झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुद्धशान्ति गाऊपालिका –३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटा रहेकी छिन् । 

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।