बेलबारी / मोरङको बेलबारी नगरपालिकाले विवादित बोयर बाख्रा खरिद सम्झौता रद्ध गरेको छ । नगर कार्यपालिकाको बैठकले ग्रो अर्गानिक कृषि प्रालि संखुवासभा बिच भएको बोयर बाख्रा खरिद सम्झौता रद्ध गरेको हो ।

नगरपालिकासँग गत जेठ ३ गते भएको सम्झौता अनुसार अष्ट्रेलियाबाट ल्याएको भन्दै नेपालबाटै ल्याएको बाख्रा दिएको प्रमाणित भएकाले वैठकले सो कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरि जमानत रमक समेत जफत गर्ने निर्णय गरेको छ । नगरपालीकाको वैठकले ठगीमा संलग्न सो कम्पनीलाई  कालो सुचीमा राखी कारवाही गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्ण समेत गरेको छ ।

OM Sai Pathibhara Hospital

वैठकले सो विषयमा छानविन गर्न नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा  छानविन गर्न समिति समेत गठन गरेको छ । समितिमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधि रहने नगरपालिकाले जनाएको छ ।