मलंगवा / विषाक्त मदिरा सेवनका कारण सर्लाहीको ब्रहमपुरी गाउँपालिकाको पडरिया क्षेत्रमा तीन भारतीय सहित आठ जनाको मृत्यु भएको छ।

मदिरा सेवनका कारण एक साता यता  उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष विनोद साहले जानकारी गराएका छन् । उनका अनुशार मृत्यु हुनेमा

OM Sai Pathibhara Hospital

२४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझी रहेका छन्।

त्यसैगरी चन्दन इट्टा उद्योग र नेपाल कट्टा इट्टा उद्योगमा कार्यरत भारतको प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको पनि विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको अध्यक्ष शाहले जानकारी गराएका छन् ।

गत जेठ २८ गते साँझ टाउको दुख्ने र बान्ता हुने लगायतका समस्या देखिएपछि मलंगवा अस्पताल भर्ना गरीएका भारतीय मजदुरको उपचारका क्रममा मृत्यु भएको हो ।

मदिरा सेवन गरेको भोली पल्ट गत जेष्ठ २९ गते रोजगारीका लागि भारतको आग्रा पुगेका स्थानिय रामईश्वर पासवान र दिनकर दासको मृत्यु भएको थियो । स्थानिय कैलु दासको गत जेठ ३० गते अनि  जुगेश्वर माझी र बलिन्द्र दासको जेष्ठ ३१ गते उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले विषाक्त मदिरा सेवनका कारण एकै स्थानका ८ जनाको मृत्यु भएपछि घटनाका विषयमा अनुशन्धान थालेको छ ।