बेलबारी / मोरङको बेलबारी नगरपालिकाको बोका वितरणमा भ्रष्टचार भएको भन्दै स्थानियले नगरपालिकाको गेटमा बोका सहित प्रर्दशन गरेका छन् ।

दुई साताअघि नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको भन्दै  बोयर जातको बाख्रा बितरण गरेको थियो । स्थानियलाई नवलपरासीबाट बाख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै वितरण गरेको खुलेपछि स्थानियले यो विषयमा छानविन र कारवाहीको माग गर्दै आएका छन् ।

OM Sai Pathibhara Hospital

किसानको आँखामा छारो हालेर भ्रष्टाचार गरेको भन्दै स्थानियले बोकासहित प्रर्दशन गरेका हुन । भ्रष्टाचारको विरोधमा आन्दोलन गर्दै आएका स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  इटहरी स्थित कार्यलयमा समेत यो विषयमा उजुरी गरेर कारवाहीको माग गरेका छन् ।

प्रदर्शनमा बोकाको शरिरमा हामी बिदेशी बोका होइनौँ नेपाली बोका हौँ,हाम्रो घर नवलपरासी हो,हामीलाई बिदेशी भन्न पाईन्न,हामी जहाज चढेर आएका होइनौँ,बिदेशी भनेर हाम्रो बेइज्जत नहोस लेखिएका प्ले कार्ड झुण्डाईदिएर स्थानियले प्रदर्शन गरेका हुन् ।