सुनसरी / सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका –७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबीकी थिइन् । उनलाई  उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो । 

त्यस्तै आईतबार दिनको साढे ३ बजे  सुनसरीकै बराहक्षेत्र नगरपालिका –५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।