बिर्तामोड / झापाको कमल गाउँपालिकाबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका –३ का २२ बर्षीय प्रज्वल बानियाँ रहेका छन् । 

विशेष सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले बानियाँको घरबाट खोजतलास गर्दा ४ (ग्राम) ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताएका छन् । 

OM Sai Pathibhara Hospital

बानियालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।