उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका –७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका –८ धितुङ का २२  बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

घटनाको जानकारी पाए लगतै कानुनि प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।