बिर्तामोड / नेपाली सेनाको फेरिएको नयाँ संरचना अनुसार पूर्वी कमाण्डसहितका संरचनाको छुट्टै झण्डा तयार भएको छ । सैन्य मुख्यालयले सार्वजनिक गरेको झण्डामा संस्कृतका शब्दावली र वौद्ध धर्मसँग जोगिएको प्रतिक राखिएको छ ।

आगामी साउन १ गतेबाट नयाँ संरचनामा जान लागेको सेनाले कमाण्ड संरचनाका छुट्टा छुट्टै झण्डा तयार पारेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले कमाण्ड संरचनाको लागि झण्डा तयार भएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

पूर्वी कमाण्डको झण्डामा पृष्ठभूमिमा आकाशे रंग र बोर्डरमा गाडा रातो रंगको प्रयोग गरिएको छ । पुर्वी कमाण्डको झण्डामा ताराभित्र दोर्जी राखेर सेना शान्तिको दूत भएको सन्देश दिन खोजिएको छ ।  दोर्जी बौद्ध धर्मका अनुयायीले प्रयोग गर्ने पवित्र सामाग्री हो ।वौद्ध धर्मका गुरुले दोर्जी शीरमा राखेर वौद्धमार्गिलाई आशिर्वाद दिने गरेका छन् ।

२४ जिल्ला हेर्ने पुर्वी कमाण्डको कार्यालय धनकुटाको हिलेमा रहनेछ भने पुर्वी कमाण्डको नेतृत्व उपरथी सन्तोष ढकालले गर्ने छन् । चारवटै कमाण्डका लागि सेनाले नेतृत्वसमेत तोकेको छ । कमाण्ड नेतृत्व गर्नेको पदलाई कमाण्ड सेनापति नामाकरण गरिएको सैन्य जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नयाँ सरचानाको आगामी साउन १ गतेबाट मध्य कमाण्डको उपरथी विनयविक्रम राणा,  भ्याली कमाण्डको अशोक सिग्देल र पश्चिम कमाण्डको नेतृत्व उपरथी प्रेम शाहीले गर्दैछन् ।