उदयपुर / उदयपुरमा गए राति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 

लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी ताप्ली गाउपालिका –४ पोखरी स्थितको कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे  आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा  बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १०  का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो  चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । 

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचार पश्चात घरमानै रहेका छन् ।