बिर्तामोड / सरकारद्धारा जारी कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारमा रहेको दल एमालेको केपी शर्मा ओली समुहका मन्त्री , नेता र सांसदको दवावका भरमा मापदण्ड मिचेर लगाईएको खोपमा संलग्न स्वास्थ्य कर्मचारीमाथि कारवाही हुने भएको छ ।

काठमाण्डौ , विराटनगर , हेटौडा र कञ्चनपुर लगायत देशका विभिन्न ठाउँमा सरकारी मापदण्ड भन्दा वाहिर गएर खोप लगाएको विषय सार्वजनिक भएपछि वदनाम र आलोचनाको शिकार बनेको सरकारले खोप लगाउने कर्मचारीमाथि कारवाही गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य सेवा विभाग र जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्य कार्यालयलाई पत्राचार गरी खोप लगाउने कर्मचारीको सूचि सहितको विवरण बुझाउन आदेश दिएका छन् । काठमाण्डौमा मात्रै १४ हजार भेरोसेल खोपको तथ्याङक हराएपछि विभाग कारवाहीमा उत्रिएको हो । विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोख्रेलले देशका विभिन्न ठाउँमा खोप कार्यक्रममा नियम र मापदण्ड मिचिएको विषय सार्वजनिक भएकाले छानविन थालिएको जनाएका छन् ।

डा. पोख्रेलले सरकारी मापदण्ड मिचेर पहुँचका भरमा लक्षित समुह भन्दा वाहिरका व्यक्तिलाई खोप लगाएको पुष्टि भए खोप लगाउने कार्यमा संलग्न कर्मचारी समेतलाई कानुन बमोजिम कारवाही गरिने बताएका छन् ।

जारी खोप कार्यक्रममा संघिय संसद भित्रै समेत मापदण्ड विपरीत पहुँचका भरमा खोप लगाएको विषय सार्वजनिक भएको थियो । काठमाण्डौका विभिन्न ठाउँमा समेत पहुँच र दवावका भरमा मापदण्ड मिचेर खोप लगाउँदा १४ हजार खोप तथ्याङकमा नै समावेश भएको छैन ।

प्रदेश १ मा प्रदेश सरकारकै मन्त्रीको दवावमा मापदण्ड मिचेर आफ्नो दल निकटका उद्योगि ,व्यापारी र कार्यकर्तालाई खोप लगाईएको थियो । शुक्रबार पनि हेटौंडा उप–महानगरपालिका उपमेयर मीनाकुमारी लामाको कार्यकक्षमा पार्टीका कार्यकर्ताहरूलाई खोप लगाइएको थियो ।

उप–महानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले उपमेयरका आफन्तले खोप लगाउन दबाब दिएको भन्दै उपमेयरले आदेशमा मापदण्ड मिचेर १३ जनालाई खोप लगाइएको स्विकार गरेका छन् ।

खोप दुरुपयोग बढेपछि जिल्ला प्रशासन कार्यालयहरू मार्फत सरकारले खोप लगाउने कर्मचारी माथि कारवाही गर्न प्रकृया अघि बढाएको हो । 

195136548_5644493075623699_6235039324703149337_n_JtMl0Djimv