इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका –२० तरहराको चौतारी चौकमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनीहरु आज बिहान ६ बजे घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

उनिहरुले खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।