ईलाम / श्रीमतीको हत्या गरेको अभियोगमा भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका –४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो । 

OM Sai Pathibhara Hospital

घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।