सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१३ करेखोलामा ज्ञानेन्द्र शाहीको समूह र स्थानीयबीच झडप भएका छन् । गए राति ११ बजे आक्रमण भएको हो ।

प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको थियो ।  आक्रमणमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको उनले बताए ।

एक युवकको टाउकोबाट रगत बगिरहेको र शाही रुँदै  ती घाइते युवकलाई अंगालो हालेको दृश्य सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा देखिन्छ । 

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।