धनुषा / धनुषाको मुसहरनिया–६ लक्ष्मीपुरमा पोखरीमा डुबेर पाँच जना बालिकाको  मृत्यु भएको  छ ।

दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका धनुषाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।