चितवन / चितवनमा दुई महिनाको अवधि भित्र महिला तथा बालबालिका हिंसाका ३७ ओटा घटना भएका छन् । कोभिड –१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा वैशाख देखि हालसम्म जिल्ला उक्त घटना भएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् । घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् ।

OM Sai Pathibhara Hospital

 निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेका छन् । घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताएका छन् । निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए  । 

कोभिड –१९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।