बिर्तामोड / संवैधानिक प्रकृया मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्च अदालतमा परेको मुद्धा बिचाराधिन रहेकै समयमा उनले फेरि मन्त्री मण्डल विस्तार गरेका छन् ।
मन्त्रीपरिषद पुर्नगठनका विषयमा परेको रिटको विपक्षमा सरकारका नाममा आदेश जारी भएको दुई दिन नबित्दै ओलीले मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।
ओलिले आफुसंग राखेका सात मन्त्रालय मध्ये रक्षा मन्त्रालय आफैँसंग राखेर गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।
राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वाला कुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी रहेका छन् ।
त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बानिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् । सपथसँगै नवनियुक्त मन्त्रीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।