काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलिले संसद बिघटन पछि संबैधानिक प्रक्रिया मिचेर पुनर्गठन गर्दै आएको मन्त्रि परिसदमा थप मन्त्रि नियुक्तिको तयारी थालेका छन् । संबैधानिक प्रक्रिया मिचेर ओलिले आज (बिहिबार ) सात जना मन्त्रि र राज्यमन्त्री नियुक्त गर्ने भएका हुन् । 

ओलिले आफुसंग राखेका सात मन्त्रालय मध्ये रक्षा मन्त्रालय आफैँसंग राखेर गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने तयारी गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वाला कुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । 

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बानिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् । मन्त्रीहरुको आजै साँझ शपथ कार्यक्रम राखिएको छ ।