काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् । मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले आगामी आर्थिक बर्षमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा जोड दिएका हुन् । 

मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै उनले भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”

OM Sai Pathibhara Hospital

मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुई तिहाई प्रगति हासिल गर्नुपर्नेमा जोड दिए । अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए । मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखहरुलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए । उनले भने, “साउन मसान्त भित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।