काठमाडौं / लिम्पियाधुरा सहितको नयाँ नक्सा विनाको पुस्तक छाप्न दिएको भनेर आलोचित हुँदै आएको सरकारले नयाँ नक्सा विनाका पुस्तक बिक्री वितरण नगर्ने र बजारमा भेटिए जफत गर्ने भएको छ ।

नयाँ नक्सा जारी भएपनि पाठ्यपुस्तकमा पुरानो नक्सा नै राखेर सरकारले जनतालाई झुक्याउने काम गरेको भनेर दवाव र आलोचना खेप्दै आएको सरकारले अन्तत पुरानो नक्सा भएको पुस्तक बिक्री गरेको पाईए जफत गर्न निर्देशन दिएको हो । केही निजी प्रकाशक र छापाखानाका कारण नयाँ संस्करणका पुस्तकमा त्यस्तो हुन गएको दावी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा भएका पुस्तक बिक्री बितरण नगर्न निर्देशन दिएका हुन ।

OM Sai Pathibhara Hospital

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बुधबार सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुरानो नक्सा सहितका पुस्तक बिक्री वितरण भएको पाईए प्रकाशक र बिक्रेतालाई हदैसम्मको कारबाही गरिने बताएका छन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन समेत दिएका छन् ।

वैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री वितरण गर्ने माथि कडा कारबाही गरिने बताएका छन् । उनले भने, ‘यो विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउनेछौँ ।’

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री वितरण गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।