इटहरी / धरानको सर्दु खोलामा भईरहेको उत्खनन रोक्न पुगेका स्थानिय माथि ठेकेदारको समुहले भौतिक आक्रमण गरेको छ । बुधवार दिउँसो उत्खनन रोक्न खोलामा पुगेको स्थानीयमाथि ठेकेदार समुहले आक्रमण गरेको हो ।

आक्रमणमा परि स्थानिय नेता समेत रहेका हर्क साम्पाङ र  राजेश खिम्दुङ सहित छ स्थानिय घाईते भएका छन् । उत्खनन स्थलमा रहेका ठेकेदार समर्थित युवाको समुहले स्थानीयमाथि भौतिक आक्रमण गरेको हो ।

OM Sai Pathibhara Hospital

आक्रमणमा परि घाईते भएका साम्पाङ लगायतले मापदण्ड विपरीत भइरहेको उत्खननको विरोध गर्दै आएको छ ।

घाइते खिम्दुङले गुण्डागर्दी शैलीमा स्थानिय माथि आक्रमण भएको बताएका छन् । मोटरसाईकलमा आएको ठेकेदार समर्थित युवाको समुहले आक्रमण गरेको उनले जानकारी गराएका छन् । प्रहरीकै उपस्थितिमा आफुहरु माथि आक्रमण भएको भन्दै उनले आक्रमणमा संलग्न र उनीहरुलाई संरक्षण गर्ने माथि कारवाहीको माग गरेका छन् ।  

घटनापछि प्रहरीले आक्रमणकारी पक्राउ नगरी घाईतेलाई नै पक्राउ गरेको छ । घाईते खिम्दुङसहित ४ जनालाई धरान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अनुसन्धानका क्रममा केहिलाई नियन्त्रणमा लिइएको र घटनाका विषयमा अनुशन्धान थालिएको बताएका छन् ।