एजेन्सी / भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति  तिर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् । 

कानुन व्यवसायी गौरव कुमारले सर्वोच्च अदालतमा दायर गरेको रिटको बहस पछि अदालतले सो फैसला गरेको हो । दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषा अनुशार कोरोना पनि महाविपत्ति भएको ठहर गर्दै आदालतले मृत्यु प्रमाणपत्रमा मृत्युको कारण खुलेको अवस्थामा क्षतिपुर्ति दिन आदेश दिएको हो । 

OM Sai Pathibhara Hospital

मृतकको परिवारलाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएपछि कोरोनाबाट मर्नेको परिवारले बीमा रकम सहित अन्य सुविधासमेत पाउन बाटो खुलेको छ ।