वासिङ्टन / अमेरिकाको वासिङ्टन राज्यले कारोनाभाईरस विरुद्धको खोप लगाउने लाई गाँजा उपहार दिने कार्यक्रम सन्चालन गरेको छ ।  उक्त कार्यक्रममा खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिइने सोमबार घोषणा गरीएको हो । 

उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्स राखिएको छ। युवाहरु खोप लगाउन उत्प्रेरित हुने आशामा सन्चालित यस कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

OM Sai Pathibhara Hospital

खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर  दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

अमेरिका मध्ये अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेको हो। मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ।