रत्न बुढाथोकी

कचनकवल / झापाको ग्रामिण क्षेत्रमा संक्रमणका समयमा निम्न वर्गिय परिवारलाई गुणस्तरहिन खाध्यबस्तु वितरण गर्ने गरेको पाईएको छ । गुणस्तर परिक्षण विना अवैध वाटोबाट भित्रिएका खाध्य बस्तु वितरण भईरहेको पाईएको हो ।

OM Sai Pathibhara Hospital

शनिबार नेकपा एमालेको ओली समूह समर्थित अनेरास्ववियुले कचनकवलमा प्रदेश सांसद र स्थानिय सरकारका प्रमुखको उपस्थितिमा गुणस्तरण परिक्षण नभएका र अवैधबाटो बाट भित्रिएका खाध्य सामाग्री वितरण गरेको पाईएको हो । ४२ घर–परिवार रहेको गन्धर्व बस्तीमा प्रदेश सभा सदस्य वसन्त बानियाँ र जिसस प्रमुख सोम पोर्तेल लगायतको उपस्थितिमा वितरण भएको खाध्य पदार्थमा परीक्षण नभएको र नेपालमा प्रतिवन्धीत भारतीय "दो फुल" नामको तेल वितरण गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका भरत पुरीले परिक्षण नगरिएका खाद्यबस्तु बिक्री–वितरण गर्न नपाईने वताएका छन् । उनले भारतिय तेल दो फुल नेपालमा परिक्षण नभएको तथा अनुमति समेत नलिएकाले त्यस्ता बस्तुको बेचबिखन र वितरण कानुन विपरीत हुने जनाएका छन् ।