बिर्तामोड / सुदूरपश्चिम  प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए भने कांग्रेसका १२ , एमालेको ओली समूहका ७  र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे ।

एमालेको ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि संसदिय दलले भने पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । प्रदेशसभामा ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बोहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मत दिए ।