बिर्तामोड / कोरोना  नियन्त्रण उन्मुख रहेका दक्षिण एसियाली मुलुकलाई भयवित वनाउने गरी कोरोनाको हालसम्म पहिचान भएका प्रजाति भन्दा बेस संक्रामक र खतरनाक किसिमको नयाँ प्रजाति भारतमा देखा परेको छ । भारतको पुणे स्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा भेटिएको पुष्टि गरेको हो ।

भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले इन्स्टिच्युटलाई उदृत गर्दै सार्वजनिक गरेको समाचारमा नयाँ भाईरस अन्य भाईरस भन्दा खतरनाक र कयौं गुणा वेसी संक्रामक रहेको जनाएको छ । इन्स्टिच्युटले कोरोनको नयाँ प्रजातिलाई B.1.1.28.2 नाम दिएको छ । नयाँ प्रजातीको  कोरोना संक्रमितमा गम्भीर लक्षण देखिने र थप खतरनाक भएको समेत इन्स्टिच्युटले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

नयाँ भेरियन्टले संक्रमितलाई गम्भीर रुपमा बिरामी बनाउने समेत अनुसन्धानका क्रममा खुलेको छ ।  नयाँ प्रजातिको संक्रमणबाट बच्न हाल प्रयोग भईरहेका भ्याक्सिन प्रभावकारी रहे–नरहेको विषयमा भने थप अध्यन आवश्यक रहेको सो इन्स्टिच्युटले जनाएको छ । भारतमा उत्पादीत कोभ्याक्सिन कोरोनको नयाँ प्रजातिका लागि उपयोगि देखिएको समेत दावी गरिएको छ ।

भारतमा भेटिएको नयाँ प्रजातिका संक्रमितमा तौल कम हुने र फोक्सो नै खराब बनाईदिने भन्दै सो इन्स्टिच्युटले सावधानी अपनाउन अपिल समेत गरेको छ । फोक्सोमा घाउ बनाउने अनि फोक्सो नै काम नलाग्ने बनाईदिने भन्दै सचेत रहन सो संस्थाले अपिल गरेको हो ।