लहान / आफ्नै गर्भवती श्रीमतिलाई जलाएर मारेको अभियोगमा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय दीपेन्द्र चौधरीलाई आइतबार पक्राउ गरेको हो।

चौधरीलाई आफ्नै छ महिनाकी गर्भवती ३० वर्षीया श्रीमती पूजा चौधरीलाई जलाएर हत्या गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

गत शुक्रबार बेलुका मदिरा सेवन पछि घर पुगेका चौधरी र उनकी श्रीमति बिच झगडा भएको र सोही क्रममा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी गराएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा झगडा उग्र बनेपछि पुजाले नै आफ्नो शरिरमा पेट्रोल खन्याएको र दीपेन्द्रले आगो सल्काई दिएपछि सोही क्रममा पुजाको मृत्यु भएको खुलेको छ ।  

घटनाका प्रत्यक्षदर्शीले पुजाले पेट्रोल आफैँमाथि छर्केपछि दीपेन्द्रले आगो लगाई दिएको वयान दिएका छन् । आरोपित चौधरीले पनि सो कुरा स्विकार गरेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

घटनापछि घाईते बनेकी पूजालाई उपचारको लागि लहान स्थित कामना नर्सिङ होम लगिएको थियो । नर्सिङ होमले उपचार सम्भव नभएको भन्दै विराटनगर थप उपचारका लागि विराटनगर पठाएको थियो । विराटनगरमा पनि उपचार नभएपछि उनलाई काठमाडौं लाने क्रममा पूजाको आइतबार बाटोमै मृत्यु भएको मृतकको परिवारले जानकारी गराएको छ ।