इलाम  / जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन् ।

सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन् ।

OM Sai Pathibhara Hospital

जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउ खाएका थिए। जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो ।

त्यहाँबाट थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेका अस्पतालले जनाएको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।