काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकाल सकिन लागेको बताउँदै आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।

राजनितिक खिचातानीका कारण सेना अघि बढ्छ की भनेर आशंका भइरहेको समयमा उनको यस्तो भनाई आएको हो । थापाले नेपाली सेना संवैधानिक दायित्व र आवश्यकताका आधारमा काम गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् ।

 आफ्नो कार्यकाल सकिन लागेको अवसर पारेर सैन्य मुख्यालयमा बोलाइएका संचारकर्मीसंगको कुराकानीका क्रममा उनले नेतृत्व हस्तान्तरणको परम्परालाई विशेष बनाउने समेत बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको कार्यकाल केही समय थप्ने अड्कल काटिएका बेला उनले नेतृत्व हस्तान्तरणका विषयमा स्पष्ट पार्दै भने – साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु, बाँकी रहेको २ महिना आफ्नो कर्तव्य पालनामा कटिवद्ध भएर लाग्नेछु ।

थापाको कार्यकालमा भएका बिकास निर्माणका काममा भ्रष्टाचार भएको भनेर लागेका आरोपका विषयमा समेत उनले भ्रष्टाचार हुने कुनै पनि काम आफ्नो कार्यकालमा नभएको बताएका छन् ।

प्रधान सेनापति थापापछिको वरियतामा रथी शिवराम शर्मा रहेका छन् । थापाले नेतृत्व हस्तान्तरण समयमा नै गर्ने बताएसँगै शर्माका लागि प्रधान सेनापति हुने बाटो खुलेको छ ।