विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन नगराई कम्वोडियाको मोडेलमा मुलुकलाई लान उध्यत रहेको वताएका छन् । 

कोईराला निवाशमा उपस्थित संचारकर्मीसँग कुराकानी गर्दै उनले ओलीले विगतमा कम्वोडियाको भ्रमण समेत गरेको प्रसंग कोट्याउँदै मुलुकलाई कम्वोडियाको मोडलमा लाने कोशीसमा प्रधानमन्त्री लागेको वताएका हुन् । 

नेता कोईरालाले  ओलीले सत्ता कब्जाको अभ्यास गरिरहेको अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको दावी समेत गरेका छन् । उनले भने – ‘कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ , कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ?

कम्वोडिया राजसंंस्था अन्य भएको लामो समय पछि पुन:राजसंस्था स्थापना गरिएको मुलुक हो । नेता कोईरालाले कुराकानीका क्रममा ओलीले निर्वाचन नहुने परिस्थिती बनाएर राजसंस्था पुर्नवहाली गर्ने उधेष्यले काम गरीरहेको संकेत समेत गरेका छन् । 

ओलीलाई ढाल्ने अबको विकल्प आन्दोलन मात्रै भएको जिकीर गर्दै नेता कोईरालाले कामचलाउ सरकारले मन्त्री परिषद पुनः विस्तार गरेर संविधानको बर्खिलापमा काम गरेको पनि दावी गरेका छन् । 

कामचलाउ सरकारले  ससद विघटन गरी निर्वाचन घोषणा गरिसकेको अवस्थामा अदालतमा बहस चलिरहेको समयमा मन्त्रीपरिषद विस्तार गर्नु निर्वाचन नगराउने नियत भएको समेत नेता कोईरालाले जिकीर गरेका छन् । 

नेता कोइरालाले विवादमा तानिएका राजेन्द्र महतोको विवादास्पद भनाई प्रति आपत्ति प्रकट गर्दै नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् ।

नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश भएको भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति  स्वीकार गर्नै नसकिने पनि वताएका छन् । 

कोइरालाले नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र) र एमालेको माधव नेपाल समुहको माग संसद् पुनःस्थापना नै भएको स्पष्ट समेत पारेका छन् । उनले संसद पुर्नस्थापनाका लागि भएको सहकार्य संविधान बचाउन अनि संविधान ट्रयाकमा नआउनजेल जारी रहने वताएका छन् ।