मुग्लिन / मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका –५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

प्रत्येक परिवारलाई  ३० किलो  चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष  महेश्वरी खड्काले जानकारी दिए । संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताए । 

OM Sai Pathibhara Hospital

अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताए । गाउँ भन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने अवस्था रहेको जङ्ग बहादुर  चेपाङले बताए । अहिले काम गर्न नपाएपछि समस्यामा  परेको उनले  बताए ।    

राष्ट्रिय आधारभूत विद्यालय पामडाडाँका प्रधानाध्यापक  यान बहादुर गुरुङका अनुसार यहाँका चेपाङको बारीमा  लगाएको कोदो मकैले ६ महिना पनि खान  पुग्दैन  । बाँकी  ६ महिना मजदुरी गरेर खानुपर्ने अवस्था रहेको र अहिले कोरोनाको महामारीसँगैँ  काम   नपाउँदा समस्यामा  परेको  बताए ।