काठमाडौं / नेकपा एमालेको स्थायी कमिटी बैठकस्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे बैठक बोलाएका थिए ।
पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग वार्ता चलिरहेका बेला बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
बरिष्ठ नेता माधव नेपाल पक्षले आजै केन्द्रीय कमिटी बैठक राखेपछि परिस्थिति हेरेरमात्र बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरवहादुर तामाङले जनाएका छन् । उनका अनुसार बैठकका लागि चाँडै मिति तय गरिने छ ।