बिर्तामोड / नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य तोलाको तीन सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० रुपैयाँले बढेको सुनको भाउ मंगलवार  ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला  ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला  ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९४ हजार रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला  ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार  १० रुपैयाँले बढेर प्रतितोला  १ हजार ३७० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।