काठमाण्डौ / अदालतमा विचाराधीन मुद्धालाई प्रभाभित पार्ने गरी बोल्न अथवा लेख्न नपाईने भएपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्धालाई प्रवाभीत वनाउने खालका प्रधानमन्त्री केपी शर्मा ओलीका भनाई सार्वजनिक भएका छन् ।

अदालतलाई प्रभावमा राखेर आफ्नो पक्षमा फैसला गराउने कोशिस गरीरहेको भनेर आरोप लागिरहेको समयमा ओलीको अदालतमा विचाराधीन मुद्धा नै प्रभावित बनाउने खालका अभिव्यक्ति सार्वजनिक भएका हुन् ।

OM Sai Pathibhara Hospital

संवैधानिक प्रकृया र कानुन मिचेर राष्ट्रपति अनि प्रधानमन्त्रीले संसद विघटन गरेको भनेर सर्वत्र आलोचना भईरहेको समयमा सो विषयमा अदालतमा जारी मुद्धालाई नै प्रभाभित वनाउने दिशामा ओली अग्रसर बनेको संकेत देखा पर्न थालेका छन् । संसद विघटनका विषयमा प्रधानन्यायाधिश सँग मिलेको भनेर आरोप लागिरहेका बेला ओलीले आफ्नो विपक्षमा उभिएका कानुन व्यवसायी र न्यायाधीशलाई तर्साउन थालेका छन् ।  

अदालतमा चलिरहेको मुद्धामा आफ्नो विपक्षमा बहस गरेका कानुनव्यवासायी माथि संकेत गर्दै ओलीले कालाकोटधारीले अदालतको न्यायिक प्रणालीलाई बिगार्न लागेको गम्भीर आरोप लगाएका छन् ।

सोमबार आफ्नो नेतृत्वमा रहेको एमालेको युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संसद विघटनको विरुद्धमा अभिव्यक्ति दिएका पूर्व प्रधानन्यायाधीश माथि पनि संगिन आरोप लगाएका छन् । उनले पूर्वप्रधानन्यायाधीशले सरकारी ढुकुटीको पेन्सन खाएर न्यायिक प्रणाली बिगार्न लागेको आरोप समेत लगाएका छन् । उनले आफ्ना पालामा केही नगर्ने न्यायाधीशले सरकारले गर्न लागेको राम्रो काममा अवरोध गरीरहेको दावी समेत गरेका छन् ।

बैठकलाई सम्वोधन गर्दै उनले भने – “केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरुको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने, कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? वकिलहरूले न्यायाधीश तय गर्ने अब ? वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको मान्ने न्यायाधीश चाहियो ? ”

संसद विघटनका विषयमा अदालतमा जारी बहसमा सहभागि कानुन व्यवसायीमाथि गम्भिर आरोप लगाउँदै ओलीले भने – “उहाँहरू त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदैहुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने , अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ ? ” उनको प्रश्न थियो ।