बिर्तामोड / सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापा जिल्लाका १५ पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।

OM Sai Pathibhara Hospital

यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

विर्तामोड नगरपालिका : ७० करोड १७ लाख

मेचीनगर नगरपालिका : ७६ करोड ५२ लाख

कन्काई नगरपालिका : ५८ करोड १८ लाख

अर्जुनधारा नगरपालिका : ४७ करोड ७१ लाख 

शिवसताक्षी नगरपालिका : ५७ करोड ९७ लाख

गौरादह नगरपालिका : ४८ करोड ५१ लाख

दमक नगरपालिका : ७० करोड १७ लाख

भद्रपुर नगरपालिका : ५० करोड ०६ लाख

झापा गाउँपालिका : ३४ करोड ८४ लाख

कमल गाउँपालिका : ४८ करोड ३३ लाख

गौरीगंज गाउँपालिका : ३४ करोड ८६ लाख

कचनकबल गाउँपालिका : ३८ करोड ८७ लाख

बाह्रदशी गाउँपालिका : ३४ करोड १८ लाख

बुद्वशान्ती गाउँपालिका : ३५ करोड ७६ लाख

हल्दिवारी गाउँपालिका : ३२ करोड ३१ लाख