दार्चुला / अपी हिमाल गाउँपालिका –५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । 

मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।