बिर्तामोड / नेकपा एमालेसँगको सम्बन्ध र संविधान विपरीतका कृयाकलापले सँधै विवादमा मुछिँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समयमा सरकार मन्त्रिपरिषदलाई बाईपास गरेर आफ्नो सक्रियता बढाएकी छन् ।

प्रधानमन्त्री र मन्त्रीपरिषदले गर्ने काममा हस्तक्षेप गरे जसरी एक खुटड्कीलो अघि बढेर उनले खोप ल्याउने काममा हात हालेकी हुन् । खोप आयातका विषयमा कमिशनमा सरकार मुछिएका बेला सकृय राष्ट्रपतिले जसरी उनले कोरोनाको खोप उत्पादक मुलुकका राष्ट्र प्रमुखलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन आग्रह गरीरहेकी छन् ।

OM Sai Pathibhara Hospital

vim rawal

छिमेकी मुलुक भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई खोप उपलब्ध गराईदिन आग्रह गर्दै पत्राचार गरेर उनले आफु सक्रिय बनेको सन्देश दिएकी थिईन् । उनको आग्रहलाई भारतीय राष्ट्रपतिले नजरअन्दाज गरिदिएपछि उनले अन्य खोप उत्पादक मुलुकका राष्ट्र प्रमुखलाई पत्राचार गरेर खोप माग गर्न थालेकी छन् ।

खोपका विषयमा भारत मौन बसेपछि उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई खोपकै लागि पत्राचार गरेर सहयोग गर्न आग्रह गरिन् । चिनियाँ राष्ट्रपति सी जिङ पिङले भने तत्कालै प्रतिक्रिया दिँदै १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए । चिनिया राष्ट्रपतिको घोषणा लगत्तै खोप आयात समेत सुरु भईसकेको छ ।

राष्ट्रपति भण्डारी छिमेकी दुई मुलुकलाई आग्रह गरेर त्यतीमा नै उनी रोकिइनन् , उनले अमेरिकी राष्ट्रपति जोन वाईडेनलाई पनि पत्राचार गरेर खोप उपलब्ध गराएर नेपाल र नेपालीलाई सहयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी उनले आइतबार बेलायती महारानी एलिजाबेथ द्धितियालाई सम्बोधन गर्दै पत्र लेखेर खोप सहायता उपलब्ध गराइदिन अनुरोध गरेकी छन् । उनले खोप उत्पादक मुलुक रसियाका राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्र लेखेर खोप उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेकी छन् ।

खोप आयातका विषयमा कमिशन प्रकरणमा सरकार मुछिएपछि ओझेलमा परेको खोप आयातको विषयमा राष्ट्रपतिले आफुलाई सकृय बनाउँदै खोप आयातका लागि गतिविधी अगाडी बढाएपछि राष्ट्रपतिले कुनै पनि बेला रातनितीक गतिरोधलाई कारण देखाएर सक्रिय बनाउन सक्ने अड्कल काट्न थालिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन भएको भनेर आरोप लागिरहेको समयमा अनि सो विषयमा अदालतमा मुद्धा बिचाराधिन रहेका बेला सरकारलाई बाईपास गरी भण्डारीले देखाएको सकृयता सामान्य नभएको राजनितिक क्षेत्रका जानकारको भनाई छ ।

अन्य विषयमा सकृय बन्दा अथवा सकृय हुन खोज्दा सामाना गर्नुपर्ने विरोध खोपका बिषयमा गर्नु नपर्ने ठम्याई सहित राष्ट्रपतिले मौका छोपेर नै सरकारलाई बाईपास गरी खोप राजनितिमा आफुलाई अघि बढाएको उनीहरुको दावी छ । मुलुकको राजनितिक संकटलाई कारण देखाएर अघि बढ्ने स्थिती आए त्यो प्रकृयालाई सहज बनाउन नै राष्ट्रपतिले आम नेपालीको खोप चाहनामा टेकेर आफ्ना गतिविधि अगाडी बढाएको अनुमान गर्न थालिएको छ । 

संविधानको उलंघन – नेता रावल 

एमाले नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्र प्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको बताएका छन् । 

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको उनले जिकीर गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर बन्दै गएको दावी पनि गरेका छन् ।