धनगढी /बाजुराको खप्तड छेडेदह गाउँपालिकामा कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेकी छन् ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

OM Sai Pathibhara Hospital

वडाध्यक्ष खगेन्द्र रावतका अनुसार शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा कठायतले ज्यान गुमाएका थिए । त्यसलगतै कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

ज्वरो र रुघाखोकी लागेपछि कठायत २ जेठमा जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परेको वडा अध्यक्ष रावतले बताए ।