बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले नयाँ आर्थिक बर्षको बजेट मार्फत किराती समुदायको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई फुटाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै खुवालुङ हटाउने सरकारी नीति सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालन गर्नका लागि रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बजेटको बुँदा नं ३६५ मा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

यस्तो छ ३६५ मा

‘देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिनेछ । नारायणी नदीको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगा खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गरिनेछ । आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु । कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने छ ।’

KHUWALUNGDHUNGA

नेकपा फुटेपछि विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी ओलीले जेटबोट चलाउन तगारो बनेको भन्दै सप्तकोशीमा रहेको खुवालुङ (ढुंगा)लाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै खुवालुङको रक्षार्थ ‘खुवालुङ सरोकार समूह’गठन गरी आन्दोलन थालिएपछि सरकार सो निर्णयबाट पछि हटेको थियो ।