बिर्तामोड / झापाको बुद्धशान्ती गाऊपालिका –३ धाईजन चौकबाट लागूऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । 

शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई बुद्धशान्ती गाऊपालिका –३ ईलाका प्रहरी कार्यालय धाईजनबाट खटिएको प्रहरी टोलीले  ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भईरहेको सो कार्यालय धाइजनले जनाएको छ ।