बिर्तामोड / वर्तमान सरकार अनि सरकारका गतीविधीका कारण शासन व्यवस्था माथि नै खतरा उत्पन्न हुने भएको छ । वर्तमान राजनितीक व्यवस्था माथि नै नागरीक स्तरबाट असन्तुष्टि प्रकट भईरहेको समयमा व्यवस्था परिवर्तनको माग सहित आन्दोलन सुरु हुने संकेतहरु देखिन थालेका छन् ।

व्यवस्था परिवर्तनको मुख्य माग राखेर एकसाता अघि मात्रै नागरीक आन्दोलनमा स्थापित व्यक्हिरु सम्मिलित नेपालका लागि नेपाली नामको राजनितीक दल नै स्थापना भएको छ । राष्ट्रिय स्तरमा चर्चित व्यक्ति डा। सुरेन्द्र भण्डारी , डा। बालकृष्ण न्यौपाने र डा। बिजय मिश्र लगायतको अगुवाईमा व्यवस्था परिवर्तनका लागि नेपालका लागि नेपाली भन्ने दल निर्वाचन आयोगमा दर्ता भएको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी लामो समय देखि छुट्छुट्टै राजनितीक गतिविधि गरिरहेका साना दलले पनि व्यवस्था परिवर्तनका लागि संयुक्त आन्दोलन गर्न एउटै मोर्चा बनाएका छन् । वर्तमान शासन व्यवस्था नै असफल भएको भन्दै व्यवस्था परिवर्तनका लागि नेकपा माओवादीको विप्लव समुह सहित साना १४ पार्टीको संयुक्त मोर्चा बनेको हो ।

केपी ओली नेतृत्वको सरकार इन्डो–अमेरिकी गठबन्धनको गोटी बनेको भन्दै नवगठित मोर्चाले ओलीलाई सत्ताच्युत सँगै व्यवस्था नै परिवर्तनका लागि आन्दोलन गर्ने भएको छ ।

मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । मोर्चाद्वारा जारी विज्ञप्तिमा ओलीले इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।

सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता माग गर्दै मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ । 

WhatsApp_Image_2021-05-29_at_9.15.29_PM_lHMuyQESfP